ट्राफिक जरिवानामा ५० प्रतिशत छुट

मार्च १७ सम्म ट्राफिक जरिवानामा ५० प्रतिशत छुट हुने ट्राफिक विभागले बताएको छ ।
कतारको राष्ट्रिय दिवसको अवसर पारेर ट्राफिक उल्लंघनको भुक्तानीलाई सहज बनाउन सुरु गरिएको पहल तीन महिना सम्म रहने विभागले बताएको थियो ।
पहल अनुसार जस्तोसुकै ट्राफिक नियम उल्लङ्घन गरी तिर्न बाँकि जरिवाना चालकले तोकिएको समयसीमामा तिरे ५० प्रतिशत छुट पाउनेछन् । जरिवाना मेट्राश २ एप मार्फत भर्न सकिन्छ ।
राडार,ट्राफिक प्रहरीले समातेको,सवारी जफत लगायत अन्य जरिवानामा आधा छुट हुनेछ ।
यसै वर्ष देखि ट्राफिक उल्लङ्घनका सम्बन्धमा कडा कानुनी प्रक्रिया सुरु हुने भएकाले यस पहलबाट लाभान्वित हुन ट्राफिक महानिर्देशनालयका महानिर्देशक ब्रिगेडियर मोहम्मद अब्दुल्लाह अल शाहवानीले चालकहरुलाई आग्रह गरेका छन् ।
One Comment