भाइरसको कारण आज तीन जनाको ज्यान गयो
कतारमा कोरोना संक्रमितको संख्या आज थोरै ओरालो लागेको छ ।
आज देशभर थप ३,८१६ जनामा कोरोना भाइरस संक्रमण र ३,३८६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भाइरसको कारण आज ७२,८५,८९ वर्षिय व्यक्तिहरुको ज्यान गएको छ ।
आज भाइरस देखिएका मध्ये ३,५०१ जना स्थानिय र ३१५ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,०७,०५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३५,८६२ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – ५९२ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ८८ जना
निको हुनेको संख्या : २,६४,२८२
आज सम्म खोप वितरण : ५४,७९,२०६
बुस्टर डाेज खोप वितरण : ५,१४,७०८
आजको खोप वितरण : ३१,९२८
निको हुन बाँकीको संख्या : ४२,१४४
ज्यान जानेको संख्या : ६३० जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
One Comment