संक्रमितको संख्या अझै बढ्ने : डाक्टर खाल

कोरोना भाइरस नियन्त्रण गर्न कतार यतिखेर हरकिसिमले लागि परेको छ । भाइरस विरुद्ध भैरहेको पछिल्लो गतिविधि बारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले हिजो पत्रकार सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रममा भाइरस विरुद्ध राष्ट्रिय योजना तथा हमाद अस्पताल अन्तर्गत सरुवा रोग डिभिजनका प्रमुख डाक्टर अब्दुला अतिफ अल खालले गतिविधिबारे विस्तृत गर्नुभएको थियो ।
कतारमा आज सम्म भाइरस संक्रमितको संख्या २८,२७२ पुगेको छ । हिजो मात्रै नयाँ १७३३ जना संक्रमित थपिएका थिए र यो हाल सम्मकै उच्च केस रहेको छ । रमादानको समयमा स्थानिय वासिन्दाले सामाजिक दुरी कायम नगर्नाले संक्रमितको संख्या ५० प्रतिशतले बढ्न पुगेको छ ।
डाक्टर खाल भन्नुहुन्छ “हामी अहिले भाइरसको उत्कर्ष स्थितिमा पुगेका छौ तर अझै त्यसको उच्च विन्दुमा पुगेका छैनौ ।

कोभिड -१९ अपडेट : डाक्टर खाल
१. यतिबेला भाइरस जाँचले तीव्रता पाएको छ । दैनिक ७,४०० भन्दा बढीको हाराहारीमा जाँच भैरहेको छ ।
२. महामारीको सुरु देखि अहिले सम्म जम्मा ४१७ जना आईसीयुमा भर्ना भएका छन् ।
३. गत हप्ता आईसीयुमा १०९ जना थिए र यो हप्ता त्यसको संख्या बढेर १३८ पुगेको छ । त्यसमध्ये ११ देखि १५ बिरामीको विशेष उपचार भैरहेको छ । आईसीयुमा भर्ना हुने ४० देखि ४९ उमेर समुहका छन् ।
४. संक्रमण डाइगोनाइज गरिएको उमेर समूह २५ देखि ३४ वर्षका छन् । यो कुल संख्याको जम्मा ३६.७ प्रतिशत हो ।
५. कम उमेर समुहका व्यक्तिहरुलाई पनि यस रोग उत्तिकै खतरा रहेको छ ।
६. निको हुने बिरामीको संख्या पनि दिनहुँजसो बढीरहेको छ । हालसम्म ३ हजार बढी बिरामी निको भएर घर फर्किसकेका छन् ।
५. गएको हप्तादेखि सोचे भन्दा बढी बिरामी भेटिरहेका छौं तर अरु देश भन्दा कतारमा भाइरसको मृत्युदर सबैभन्दा कम रहेको छ ।
सावधानी अपनाऔं : डाक्टर हमाद
सामाजिक दुरी कायम गर्नु र आवश्यक सावधानी अपनाउनु अहिलेको समयमा सबैभन्दा महत्त्वपूर्ण कुरा रहेको छ । रमादान र आउने इदमा सबैजना अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गर्दछौ ।
संसारभरकै तथ्यांक हेर्ने हो भने भाइरसले सबैजसो उमेर समूहलाई असर गरेको छ । अझ पाका उमेर समुहलाई यसले झनै नराम्रो असर गर्ने रुमैला अस्पतालका प्रमुख डाक्टर हनादी अल हमादले हिजोको पत्रकार सम्मेलनमा बताउनुभएको छ ।
बढी उमेर समुहका व्यक्तिहरुलाई यस रोग बाट बचाउन टेलिफोन र भिडियो मार्फत परामर्श गर्ने कार्यअघि बढीरहेको छ ।
केही हप्ता देखि लङ टर्म केयर विभाग बाट ६० वर्ष भन्दा बढीका मानिसहरुलाई भाइरस बाट कसरी बच्ने भन्ने जानकारी दिइरहेको छौ । यो कार्य धेरै जसो एसएमएस मार्फत भैरहेको छ ।
कतारले आफ्नो नागरिक तथा स्थानीयलाई जुनसुकै काममा पनि घर बाट बहिर निस्किदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने बताएको छ ।
कोभिड-१९ सम्बन्धी कुनै जानकारी लिन मन्त्रालयको २४ सै घण्टा सातै दिन खुल्ने टोल फ्री हटलाइन नम्बर १६००० मा कल गर्न सकिन्छ ।