चौबीस घण्टामा ३,०८७ संक्रमित थपिए , एक जनाको मृत्यु

कतारमा कोरोना संक्रमितको संख्या ओरालो लाग्न थालेको छ ।
आज देशभर थप ३,०८७ जनामा कोरोना भाइरस संक्रमण र ४,९८७ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भाइरसको कारण आज एक ८२ वर्षिय व्यक्तिको ज्यान गएको छ ।
आज भाइरस देखिएका मध्ये २,५०९ जना स्थानिय र ५७८ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,२०,३६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २२,२५३ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – ४८५ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ९६ जना
निको हुनेको संख्या : २,८०,८००
आज सम्म खोप वितरण : ५५,८६,३८६
बुस्टर डाेज खोप वितरण : ६,०९,१८१
आजको खोप वितरण : २,७३९
निको हुन बाँकीको संख्या : ३८,९३१
ज्यान जानेको संख्या : ६३३ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
One Comment