बिज्ञापन

अब खोप नलगाएका व्यक्तिले पनि मल भित्र प्रवेश पाउने

कतारमा अब खोप नलगाएका व्यक्ति तथा बालबालिकाले मलमा प्रवेश पाउने भएका छन् ।
बुधवार बसेको मन्त्रीपरिषदको बैठकद्वारा जारी निर्णय बमोजिम भोली शनिबार जनवरी २९ देखि खोप नलगाएका व्यक्ति र बालबालिकालाई मल तथा व्यवसायीक कम्प्लेक्समा प्रवेश नदिइने नियम खारेज गरिने भएको हो ।

तर त्यस्ता स्थानमा रहेका फुड कोर्टहरुले भने अझै पनि ५० प्रतिशत क्षमतामा मात्र आफ्नो सेवा सन्चालन गर्नुपर्ने छ ।

मन्त्रीपरिषदको बैठकमा कोरोना सम्बन्धित अन्य बिषयमाथि पनि छलफल भएको थियो ती यस् प्रकार रहेका छन् ।

अनिवार्य सबैले पालना गर्नुपर्ने छ सुरक्षाका उपायहरु :

१. मास्क र सेनिटाइजरको प्रयोग ।

२. एह्तेराजको प्रयोग

३. कम्तीमा १ मिटरको दुरी कायम ।

४. निजि सवारीमा चालक सहित चार जना भन्दा बस्न नपाउने ।

  • सामाजिक भेला

१. खुला स्थानमा खोप लगाएका १५ जना र बन्द स्थानमा १० जना सम्म भेला हुन पाउने ।

२. एक मिटरको दुरी कायम गरि शुक्रवारको प्राथर्ना गर्न पाउने । १२ वर्ष भन्दा मुनिका बालबालिकालाई प्रवेश नदिइने । शौचालय र धारा बन्द हुनुपर्ने ।

३. खुला स्थानमा भएको होटेल वा बिबाह हलमा ८० र बन्द हलमा ४० जना सम्मले बिबाह पार्टी गर्न पाउने ।  सबैले खोप लगाएको हुनुपर्ने ।

  • यातायात

१.एकै परिवारको १२ जना सम्म एउटै डुंगामा बस्न पाउने । अन्यमा १५ जना सम्म बस्न पाउने । सबैले खोप लगाएको हुनुपर्ने ।

२. ७५ प्रतिशत क्षमतामा मात्रै मेट्राे चलाउन पाउने । धूम्रपान कक्ष बन्द गर्नुपर्ने । खानेकुरामा पनि रोक ।

३. ड्राइभिङ स्कुल ७५ प्रतिशत क्षमतामा मात्र खोल्न पाउने । सबैले खोप लगाएको हुनुपर्ने ।

  • शिक्षा

१. विद्यालय तथा किन्डरगार्डेन खुल्ने।

  • खुला क्षेत्र तथा खेलकुद

१. सार्वजनिक पार्क,बिच र कर्नेशमा एकै परिवारका बाहेक अन्य १५ जनासम्म मात्र भेला हुन पाउने । निजि बिचमा ७५ प्रतिशत सम्मले प्रवेश पाउने ।

२. स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद बिना रोकतोक अभ्यास गर्न पाउने ।

३.  स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खुला क्षेत्रमा ५० र बन्द क्षेत्रमा ३० प्रतिशत खोप लगाएक दर्शक राखेर खेलाउन पाउने ।

४. अन्य स्थानीय तथा कुनैपनि निजि खेलकुद प्रतियोगिता गर्न नपाउने ।

  • व्यवसाय तथा मनोरञ्जन

१. मल ७५ प्रतिशत र फुड काेर्ट ३० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । खोप नलगाएका व्यक्तिलाई प्रवेश नदिइने ।

२. कतार किल्न प्रोग्रामबाट मान्यता प्राप्त रेस्टुरेन्ट र क्याफे ७५ प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । अन्यले ४० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने ।

३. शुक ७५ प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाउने । हुक्का प्रयोग गर्न पाउने

४. होलसेल मार्केट ७५ प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने ।

५. जिम तथा हेल्थ क्लब ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । सावर , चेन्जिङ रुम ,जाकुजी र सौना बन्द गर्नुपर्ने ।

६. खुला स्विमिङ पुल र वाटर पार्क ७५ र बन्द ५० प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाउने ।

७. सरसफाइ क्षेत्र पुर्ण रुपमा सन्चालन हुने ।

८. कार्य क्षेत्र पुर्ण रुपमा सन्चालन गर्न पाउने। मिटिङमा बढीमा १५ जना बस्न पाउने ।

९. सिनेमा तथा थिएटर ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । सबै दर्शक र स्टाफले खोप लगाएको हुनुपर्ने ।

१०. सैलुन ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने ।सबैले खोप लगाएको हुनुपर्ने ।

११. सभा समारोह र संस्कृतिक कार्यक्रम खुला क्षेत्रमा ५० र बन्द क्षेत्रमा ३० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । कार्यक्रम गर्न मन्त्रालयको सिफारिस चाहिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
25
मनपर्‍यो
खुसी लाग्यो
39
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button