राहदानी नवीकरण सेवा बन्द हुने

राहदानी नवीकरण सेवा स्थगन गरिएको कतारस्थित नेपाली दूतावासले बताएको छ ।
केही हप्ता भित्रै ई-पासपोर्ट जारी गर्न आवश्यक तयारीका लागि जनवरी ३० देखि अर्को सूचना जारी नहुन्जेलसम्म यन्त्रवाचक राहदानी (एमआरपी) नवीकरण र नयाँ बनाउने सेवा स्थगित गरिएको दूतावासले बताएको हो ।
विद्युतीय राहदानीको लागि आवेदन लिने कार्य अबको केहि दिन भित्रै शुरु गरिने दूतावासले भनेको छ ।
दूतावासको अनुसार तत्कालको लागि अत्यावश्यक अर्थात कतार बसाई अवैधानिक हुने अवस्था आएमा मात्र राहदानी नवीकरणको लागि आवेदन लिईनेछ। त्यस्तै राहदानी हराएका वा म्याद सकिएर जरुरी अवस्थामा नेपाल जानेहरुको हकमा यात्रा अनुमति पत्र जारी गरिनेछ ।
One Comment