अझै २४,४५४ जनालाई निको हुन बाँकी

दैनिक कोरोना संक्रमितको संख्या दुई हजार भन्दा तल झरेको ।

आज देशभर थप १,५५७ जनामा कोरोना भाइरस संक्रमण र ३,३५१ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भाइरसको कारण आज कसैको ज्यान गएको छैन ।

आज भाइरस देखिएका मध्ये १,२१० जना स्थानिय र ३४७ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,३७,६३८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३०,१९३ जनालाई परिक्षण गरिएको थियो ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

अस्पतालमा उपचार भैरहेका जम्मा – २३० जना

आईसीयुमा उपचार भैरहेका जम्मा – ८१ जना

निको हुनेको संख्या : ३,१२,५३९

आज सम्म खोप वितरण : ५७,८३,५६३

बुस्टर डाेज खोप वितरण : ७,८३,८०१

आजको खोप वितरण :६,१६७

निको हुन बाँकीको संख्या : २४,४५४

ज्यान जानेको संख्या : ६४५ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
13
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button