आज १,२३६ जनामा कोरोना देखियो,थप दुईको ज्यान गयो

दैनिक कोरोना संक्रमितको संख्या तेह्र सय भन्दा तल झरेको ।
आज देशभर थप १,२३६ जनामा कोरोना भाइरस संक्रमण र ३,०२३ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भाइरसको कारण आज ७९ र ९५ वर्षका दुई जनाको ज्यान गएको छ ।
आज भाइरस देखिएका मध्ये ९७१ जना स्थानिय र २६५ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,४०,३८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २१,४०८ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – १७२ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ७० जना
निको हुनेको संख्या : ३,१८,७९२
आज सम्म खोप वितरण : ५८,५०,२२१
बुस्टर डाेज खोप वितरण : ८,४२,९४३
आजको खोप वितरण :३१,२०८
निको हुन बाँकीको संख्या : २४,४५४
ज्यान जानेको संख्या : ६४७ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
One Comment