मास्क नलगाउने ४०४ जनालाई कारबाही
मास्क नलगाउने ४०४ जना कारबाहीमा परेका छन् ।
आन्तरिक मन्त्रालयले सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप ४०४ जनालाई कारबाही गरेको बताएको छ । त्यस्तै मोबाइलमा एह्तेराज एप प्रयोग नगर्ने ११ जना पनि कारबाहीमा परेका छन्।
सरकारले खुला स्थानमा मास्क लगाउन नपर्ने नियम ल्याएपनि भिडभाड हुने सार्वजनिक स्थलामा मास्क अझै अनिवार्य रहेको छ ।
मास्क नलगाएको भेटिए तीन हजार रियाल सम्म जरिवाना हुन सक्दछ ।
कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
45
मनपर्यो
30
खुसी लाग्यो
9
दुःख लाग्यो
9
रुन मन लाग्यो
6
हाँसो लाग्यो
11
रीस उठ्यो
One Comment