बिज्ञापन

इरानी राष्ट्रपति रैसी पहिलोपटक कतार आईपुगे

इरानी राष्ट्रपति इब्राहिम रैसी कतार आईपुगेका छन् ।

दुई दिने कतार भ्रमण र ग्यास फोरममा सहभागी हुन आएका रैसीलाई स्वागत गर्न अमिर शेख तमिम बिन हमाद अल थानीसंगै अन्य प्रतिनिधि दोहा अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अमिर र रैसीले दुई राष्ट्र बिचको सम्बन्ध थप विस्तार गर्न विभिन्न मुद्दामा छलफल गर्ने र केहि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तय भएको छ ।

इरानका यातायात मन्त्री  रोस्तम घसेमीको अनुसार दुई देशबिच समुन्द्री व्यापारका विस्तारका लागि मुख्यतया समुन्द्री सुरुङ्ग निर्माण गर्ने कुराको टुंगो लाग्नेछ । त्यस्तै हवाई मार्ग थप सहज बनाउन सम्झौता गरिनेछ ।

राष्ट्रपति रैसीको यो पहिलो कतार भ्रमणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button