कतारको कानून र परम्पराको सम्मान गर्न आग्रह
आन्तरिक मामिला मन्त्रालयले वैदेशिक रोजगारीमा कतार आएका आप्रवासीलाई कानुनको पालना गर्न र यहाँको प्रचलन र परम्पराको सम्मान गर्न आग्रह गरेको छ ।
सुरक्षा सम्बन्धित हिजो बसेको एक वेबिनारमा मन्त्रालयले कतारको नैतिक मूल्यमान्यता विरुद्ध नहुने पहिरन लगाउन आग्रह गरेको छ ।
कतार आउँदा हरेक प्रवासीले आफ्नो देशको प्रतिनिधित्व गर्ने हुँदा उच्च नैतिकता देखाउनुपर्छ । उसले आफ्नो देशको राम्रो र उज्यालो छवि व्यक्त गर्नुपर्दछ, “आन्तरिक मन्त्रालयका लेफ्टिनेन्ट कर्नल अली फलाह अल मारीले भने।
वेबिनारका क्रममा अधिकारीले अपराध न्यूनीकरणमा प्रहरीको भूमिकाका साथै कम्पनीको दायित्वबारे विस्तृतमा जानकारी गराएका थिए ।
उनले अल रेयान सुरक्षा विभागमा चोरी, डकैती, जुवा खेल्ने, बक्यौता नतिर्ने र मादक पदार्थ सेवन गर्ने जस्ता गुनासो सबैभन्दा बढी आउने बताए ।
कार्यक्रममा एच आर, सेफ्टी एण्ड सेक्युरिटी, फाइनान्स म्यानेजर, पीआरओ, सरकार सम्बन्ध अधिकारी र निजी कम्पनीका क्याम्प बोस र सामुदायिक अगुवाहरूका १०० भन्दा बढी व्यक्तिहरू सहभागी थिए।
अल मारीले कम्पनीहरूलाई कारबाहीबाट बच्नको लागि समयमै तलब तिर्न आग्रह गरे र ढिलाइ भएमा कामदारले श्रम मन्त्रालयलाई सम्पर्क गर्न सक्ने बताए । त्यस्तै कम्पनीहरूले पनि खाना ,उपयुक्त आवासको साथ कर्मचारीहरूको सुरक्षा बारे पनि ध्यान दिन आग्रह गरे ।
अपराध रोक्न कम्पनीहरूको भूमिकाको बारेमा थप बोल्दै अल मारीले कम्पनीले कामदारहरूको आवासमा सुरक्षा प्रदान गर्नुपर्ने र चोरी र आक्रमणहरूबाट बच्न निगरानी क्यामेरा राख्न सुझाव दिए ।
साथै कुनै पनि व्यक्तिबाट नकारात्मक व्यवहार वा शंकास्पद गतिविधि देखिएमा सुरक्षा निकायलाई जानकारी गराउन उनले आग्रह गरे ।
One Comment