बिज्ञापन

अमिरलाई युक्रेनी राष्ट्रपतिको फोन आयो

अमिर शेख तमिम बिन हमाद अल थानीले आज बिहान युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसंग टेलिफोन सम्पर्क गर्नुभएको छ ।

टेलिफोन सम्पर्कमा युक्रेनी राष्ट्रपतिले त्यस क्षेत्रको पछिल्लो घटनाक्रमको बारेमा अमिरलाई अवगत गराएका थिए ।

सो सम्बन्धमा अमिरले दुबै पक्षलाई संयमता अपनाएर रचनात्मक संवाद र कूटनीतिक माध्यमबाट विवादको शान्तिपूर्ण समाधान गर्न आह्वान गर्नुभयो।

अमिरले नागरिकको मानवीय अवस्थालाई उच्च प्राथमिकतामा राखि सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको जोड दिनुभएको छ ।

युक्रेनद्वारा रुससँग कूटनीतिक सम्बन्ध विच्छेद

युक्रेनले रुससँग कूटनीतिक सम्बन्ध औपचारिक रूपमा तोडेको युक्रेनी राष्ट्रपतिले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा प्रेस ब्रिफिङमा बोल्दै सम्बन्ध तोडिएको घोषणा गरेका हुन्।

फरक प्रसङ्गमा राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराइने बताएका छन्।

युक्रेनमा रुसले गरेको हमलाको अन्तर्राष्ट्रिय समुदायबाट कडा आलोचना एवं निन्दा भइरहेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी कदमका लागि विश्वले रुसलाई “उत्तरदायी बनाउने” बताएका छन्।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले “रक्तपात र विध्वंसको बाटो रोजेको” प्रतिक्रिया दिएका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले लडाइँ रोक्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button