नेपालमा लगाएको खोप एह्तेराज एपमा कसरी अपडेट गर्ने ? (नयाँ तरिका)
विदेश बाहिर लगाएको खोप एह्तेराज एपमा गोल्डेन फ्रेम सहित अपडेट गर्न सकिने भएको छ । स्वास्थ्य मन्त्रालयले आज एक सूचना मार्फत खोपको विवरण एह्तेराजको वेबसाईट मार्फत अपडेट गर्न सकिने बताएको हो । खोपको विवरण मन्त्रालयले हेरेर भेरिफाई गरेपछि मात्र एह्तेराज एपमा देख्न सकिनेछ ।
नेपालमा लगाएको खोप एह्तेराज एपमा कसरी अपडेट गर्ने ?
१. एह्तेराजको वेबसाईटमा www.ehteraz.qa मा जानुहोस।
२. युजरनेम र पासवर्ड हालेर लगइन गर्नुहोस । एकाउन्ट छैन भने न्यु युजरमा थिचेर नयाँ बनाउनुहोस ।
३. दोस्रो बक्सको Register new vaccination abroad मा थिच्नुहोस ।
४. आईडी नम्बर र जन्म मिति,हालेर retrieve मा थिच्नुहोस ।
५. सोधिएको विवरण हाल्नुहोस र कतार सरकारले मान्यता दिएको खोपको प्रमाणपत्र हालेर Submit for approval मा थिच्नुहोस । शर्त सहितको खोप लगाएको भए serology antibody परिक्षण गरेको प्रमाण पनि अपलोड गर्नुहोस ।
६. प्रमाणित भए एह्तेराज एपमा एक हप्ता भित्र गोल्डेन फ्रेम आउनेछ ।
कतार सरकारले मान्यता दिएको खोप
फाइजर/बायोनटेक
मोडर्ना
एस्ट्राजेनेका
जाेनसन
कतार सरकारले शर्त सहित मान्यता दिएको खोप
सिनोफार्म (भेरोसेल)
सिनोभ्याक
स्पुतनिक भि
कोभ्याक्सिन
One Comment