बिज्ञापन

आममाफीबाट १४ हजार बढीले फाईदा लिए

कतार सरकारले गत वर्षको अक्टोबर महिनादेखि सुरु गरेको आममाफी प्रक्रियामा हालसम्म २८,४७६ निवेदन प्राप्त भएको आन्तरिक मन्त्रालयले बताएको छ ।

प्रक्रिया बारे जानकारी दिन हिजो सर्च एन्ड फलो अप डिपार्टमेन्टमा मन्त्रालयले पत्रकार सम्मेलन गरेको थियो ।गैरकानूनी हैसियत सच्याउन आममाफीको समयावधि यहि मार्च ३१ सम्म रहेको छ ।

प्राप्त भएको निवेदन मध्ये ८,२२७ जनाले कुनै सजाय र जरिवाना बिनै कतार छोडिसकेका छन् । बाँकि ६ हजारले आधा जरिवाना तिरेर कानूनी हैसियत सच्याई कतारमै बसेको र अन्यको प्रक्रिया जारी रहेको मन्त्रालयले बताएको छ ।

विभिन्न कारणले आईडीको म्याद सकिएको तीन महिना भन्दा बढी बसे कतारमा गैरकानुनी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button