पूरा खोप लगाएको व्यक्तिलाई नेपाल फर्कदा पिसिआर रिपोर्ट नचाहिने
कोभिड-१९ विरुद्धको पूरा खोप लगाएका व्यक्तिले विदेशबाट नेपाल फर्कदा पिसिआर परिक्षण गर्न नपर्ने भएको छ ।
अध्यागमन विभागले आज एक सूचना प्रकाशित गर्दै विदेशबाट हवाई तथा स्थल मार्ग हुँदै नेपाल आउने पूरा खोप लगाएका यात्रुलाई पिसिआर परिक्षण अनिवार्य नपर्ने बताएको छ । त्यस्तै पूरा खोप नलगाएका यात्रुको हकमा ७२ घन्टा भित्रको पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य आवश्यक रहेको सूचनामा उल्लेख गरिएको छ ।
यता नेपालबाट विदेश जाँदा चाहिने कागजात सम्बन्धित एयर्लाइन्सले गन्तव्य मुलुकको स्वास्थ्य प्रोटाेकल अनुसार जारी गर्नुपर्ने विभागले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो