बुस्टर डाेज खोपको म्याद १२ महिना सम्म हुने
कोभिड -१९ विरुद्ध बुस्टर डाेज खोपको म्याद १२ महिना सम्म हुने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
भाइरसबाट निको भएकालाई पनि १२ महिना सम्म नै खोप लगाए सरह मान्यता दिने स्वास्थ्य मन्त्रालयले बताएको छ । यसअघि खोपको म्याद ९ महिना सम्मको मात्र थियो ।
कतारमा एस्ट्राजेनेका ,फाइजर र मोडर्ना लगायत कतार सरकारले मान्यता दिएको बुस्टर डाेज खोप लगाएको १२ महिना सम्म एह्तेराज एपमा गोल्डेन बक्स यथावत रहनेछ ।
बुस्टर डाेज लगाएको १४ दिन देखि १२ महिना भित्र कतार फर्कदा पिसिआर रिपोर्ट चाँहिदैन र होटेल क्वारेन्टाइन पनि बस्नुपर्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
One Comment