ई-पासपोर्ट लिन आउन दूतावासको आग्रह
कतारस्थित नेपाली राजदूतावासमा फेब्रुअरी १६ देखि २३ सम्म आवेदन फारम बुझाएका मध्येहरुको ई-पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ ।
पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले आज एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।
फेब्रुअरी ६ देखि १५ सम्म आवेदन फारम बुझाएकाहरुको पनि अहिले राहदानी वितरण भैरहेको दूतावासले बताएको छ । त्यस्तै ३ फेब्रुअरी सम्म एमआरपी पासपोर्टको लागि फारम बुझाएकाहरुको पनि राहदानी वितरण भैरहेको छ ।
राहदानी सार्वजनिक विदाका दिन बाहेक हरेक दिन ११ बजे देखि दिउँसो ३ बजे सम्म वितरण हुनेछ।
राहदानी तयार भएको व्यक्तिहरुको नामावली हेर्न यहाँ थिच्नुहोस ।
One Comment