फिफा विश्वकपको लागि स्वयंसेवकमा भर्ना खुल्यो
कतारमा हुने फिफा विश्वकपमा स्वयंसेवकको लागि भर्ना खुलेको छ ।
रंगशाला , प्रशिक्षण केन्द्र , फ्यान जोन ,विमानस्थल ,होटेल ,सार्वजनिक यातायात लगायत ४५ केन्द्रमा २० हजार स्वयंसेवकको माग गरिएको फिफाले बताएको छ ।
स्वयंसेवकको लागि निवेदन दिन https://volunteer.fifa.com/login मा गएर दिन सकिन्छ ।
१८ वर्ष भन्दा माथिले अनलाइन आवेदन दिन सक्नेछन् र अङ्ग्रेजी भाषाको राम्रो ज्ञान हुनुपर्नेछ । त्यति बाहेक जुनसुकै देशका ,जुनसुकै पृष्ठभूमि र अनुभव बिनाकै व्यक्तिले पनि निवेदन दिन पाउनेछन् ।
स्वयंसेवकमा छानिएका व्यक्तिले एडिडासको विशेष पहिरन , खाना र निशुल्क यातायातको सेवा पाउनेछन् ।
कतारमा यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म फिफा विश्वकपको आयोजना हुँदैछ । पूरा स्वयंसेवक मध्ये केहिको काम अक्टोबर १ देखि नै सुरु हुने फिफाले जनाएको छ ।
कार्यक्रम बारे विस्तृत जानकारी दिन कतारा एम्फिथिएटरमा आज बेलुका ८ बजे एक विशेष कार्यक्रमको आयोजना हुँदैछ । कार्यक्रम फिफाको युट्युबबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
One Comment