कतार र नेपालका श्रम मन्त्रीबीच भेटघाट सम्पन्न

कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रम मन्त्री डाक्टर अलि बिन समिख अल मर्री सँग हिजो दोहामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्तामा दुई देशबीचकाे सम्बन्धलाई थप प्रगाढ बनाउने तथा दुई देशबीच श्रम क्षेत्रमा हाल कायम सहकार्यलाई थप व्यवस्थित तथा विस्तृत बनाउने बिषयमा छलफल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल लगायत मन्त्री श्रेष्ठको भ्रमणदलका सदस्यहरू तथा दूतावासका अधिकारीहरू समेत उक्त भेटवार्तामा सहभागी भएका थिए ।
One Comment