आज १५२ जनामा भाइरस देखियो

आज देशभर थप १५२ जनामा कोरोना भाइरस संक्रमण र ११७ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १४८ जना स्थानिय र ४ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,६१,८१९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १८,१९३ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – २५ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – २ जना
निको हुनेको संख्या : ३,५९,९५८
आज सम्म खोप वितरण : ६६,५२,०४४
बुस्टर डाेज खोप वितरण : १४,६३,५१९
आजको खोप वितरण : १,४६०
निको हुन बाँकीको संख्या : १,१८४
ज्यान जानेको संख्या : ६७७ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
One Comment