आज देखि एसियन आप्रवासी फुटबल प्रतियोगिता हुँदै

बिजयराज अधिकारी, दोहा
कतार फुटबल एसोशिएसनको आयोजनामा आजदेखी एसियन मुलुकका आप्रवासी कामदारबिच फुटबल खेल सुरु हुँदैछ ।
कोरोना महामारीपछि हुन लागेको प्रतियोगितामा नेपाल सहित लेबनान , इन्डिया, जोर्डन, प्यालेस्टाइन ,जापान, श्रीलंका र बङ्गलादेश लगायतले सहभागी जनाएका छन् ।

आज पहिलो दिन समूह ए बाट नेपाल र लेबनान त्यस्तै इन्डिया र जपान बिच खेल हुनेछ ।
दोहा स्टेडियम मा बेलुका ९:१५ बजे नेपालले लेबनानको सामना गर्दैछ ।
खेल हेर्नका लागि दर्शकलाई निशुल्क प्रवेश दिइएको छ ।
One Comment