बिज्ञापन

६ घन्टा भन्दा बढी काम लगाउन नपाउने

रमदान महिनाभर कार्य अवधि ६ घन्टा बनाउन सरकारले निर्देशन दिएको छ ।

कतारको श्रम मन्त्रालयले यस महिनाभर निजी क्षेत्रका कम्पनीहरुलाई साबिककै तलबमा कार्य अवधि दैनिक ६ घन्टामा झार्न भनेको हो । सो अवधिमा सम्बन्धित कर्मचारीहरु आकस्मिक निरिक्षणमा आउने र नियम पालना नगर्ने कम्पनीहरुलाई कारबाही समेत गरिनेछ ।

कानुनमा के छ ?

कतारमा रमदानको समयमा वर्त बस्ने तथा नबस्ने दुबै श्रमिकहरुलाई हप्तामा ३६ घन्टा भन्दा बढी काम लगाउन नपाउने श्रम कानुनको धारा ७३ मा उल्लेख गरिएको छ ।

नियम सुपरभाइजर,क्लिनर,सुरक्षा गार्ड,अस्पतालका कर्मचारी तथा अत्यावश्यक कार्यक्षेत्रका कर्मचारीहरु बाहेक सबैमा लागु हुनेछ ।

साथै दिनको ६ घन्टा भन्दा बढी काम लगाउन परेको खण्डमा साबिकको तलब अनुसार २५ प्रतिशत प्रति घन्टाले श्रमिकहरुलाई बढी भुत्तानी गर्नुपर्ने र १० घन्टा भन्दा बढी काम लगाउन नपाउने मन्त्रालयले बताएको छ ।

उजुरी

नियम उल्लघंन गर्ने कम्पनीहरुलाई उजुरी गर्न मन्त्रालयको फोन नं ४०२८८८८८ र सामाजिक सञ्जालको पेज फेसबुक र ट्विटर मार्फत सम्पर्क गर्न मन्त्रालयले आग्रह समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button