राहदानी लिन आउन दूतावासको आग्रह

कतारस्थित नेपाली राजदूतावासमा अप्रिल ११ सम्म आवेदन फारम बुझाएका मध्ये १,७५६ जनाको ई पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ ।
त्यस्तै फेब्रुअरी ३ सम्म आवेदन बुझाएका मध्ये ८९ जना अझै पनि एमआरपी राहदानी लिन नआएको दूतावासले बताएको छ ।
पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले आज एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । राहदानी सार्वजनिक विदाका दिन बाहेक हरेक दिन ९ बजे देखि दिउँसो ३ बजे सम्म वितरण हुनेछ।
राहदानी तयार भएको व्यक्तिहरुको नामावली हेर्न यहाँ थिच्नुहोस ।