बिज्ञापन

कतार विश्वकपमा पहिलोपटक महिला रेफ्री हुने

कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकपमा पहिलोपटक महिला रेफ्री समावेश गरिने भएको छ ।

प्रतियोगिताको लागि तीन रेफ्री र तीन सहायक रेफ्री बाट खेल खेलाइने फिफाले बताएको छ ।

फ्रान्सबाट रेफ्री स्टेफनी फ्रापार्ट, रुवाण्डाका सलिमा मुकानसाङ्गा र जापानकी योशिमी यामाशिताका साथै सहायक रेफ्री ब्राजिलका नेउजा ब्याक, मेक्सिकोका करेन डियाज मेडिना र अमेरिकी क्याथ्रिन नेस्बिटलाई प्रतियोगिताको लागि बोलाइएको छ।

फिफाले प्रतियोगिताका लागि कुल ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो म्याच अफिसियल छनोट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button