बायाँ लेनमा तोकिएको भन्दा कम गतिमा सवारी चलाए कारबाही हुने
सडकको बायाँ पट्टिको लेनमा तोकिएको भन्दा कम गतिमा सवारी चलाए कारबाही हुने ट्राफिक विभागले बताएको छ ।
लेफ्ट लेन अर्थात द्रुत गतिको लेनमा कम गतिले सवारी चलाउँदा ट्राफिक अवरोध हुनुको साथै दुर्घटनाको सम्भावना पनि बढ्ने विभागले बताएको छ । बायाँ तर्फको लेन एम्बुलेन्स,प्रहरीका तथा अन्य तीब्र गतिको निमित्त छुट्टाइएको हुँदा तोकिएको गतिको नियम पालना गर्न विभागले भनेको छ ।
सो नियम उल्लंघन गर्नेलाई ५०० रियाल जरिवाना तोकिएको छ ।