बिज्ञापन

हमाद विमानस्थलले पिकअप र ड्रप-अफ पार्किङ बन्द गर्ने

हमाद विमानस्थलले आगमन तथा प्रस्थान गेटमा यात्रु ओराल्ने र चढाउने पार्किङ बन्द गर्ने भएको छ ।

विमानस्थलमा आउने सवारीलाई उपलब्ध कार पार्कमा मात्रै पार्किङ गराउने अवधारणाको परिक्षण गर्न पिकअप र ड्रप-अफका पार्किङ बन्द गर्न लागिएको विमानस्थलले सूचना मार्फत जनाएको छ ।

यद्यपि त्यहाँ सिमित स्वीकृत सवारीलाई अझै पार्किङको व्यवस्था दिईने विमानस्थलले बताएको छ । जुन १३ को बिहान १० बजे बाट उक्त पार्किङ बन्द हुने सूचनामा उल्लेख छ ।

विमानस्थलको कार पार्कमा २० मिनेटको निशुल्क सुविधा रहनेछ । २० मिनेटपछि ५ घन्टाको अवधि सम्म प्रति घन्टा १० रियाल र त्यसपछि घन्टाको ५ रियाल शुल्क लाग्ने विमानस्थलले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button