मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली कतार आईपुग्यो

एएफसी एसियन कप छनौटको लागि तयारी गर्दै गरेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिम दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्न कतार आईपुगेको छ ।

टिमलाई एन्फाले हिजो एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको थियो ।

यता कतार फुटबल एसोसिएसनले मैत्रीपूर्ण खेलहरुको खेलतालिका आज सार्वजनिक गरेको छ । तालिकाअनुसार नेपालले मे २८ मा टिमोर लेस्टेसँग ग्राण्ड हमाद स्टेडियममा र जुन ३ तारिक सुहिम बिन हमाद स्टेडियममा ओमानसंग खेल्ने तय भएको छ ।

एसियन कप छनौटतर्फ नेपाल कै समूहमा रहेको जोर्डनले पनि कतार मै भारत र अष्ट्रेलियासँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।

एएफसी एसियन कप छनौट खेल्न नेपाली टिम कतारबाट कुवेत प्रस्थान गर्नेछ ।

समूह ए मा परेको नेपालले आयोजक कुवेतसँगै जोर्डन र इण्डोनेसियासँग खेल्नेछ । जुन ८ तारीखका दिन नेपालले जोर्डनसँग खेल्दै छनौट प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै नेपालले ११ जुनका दिन कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button