विश्वकप हेर्ने दर्शकले एक महिना निशुल्क सार्वजनिक सवारी चढ्न पाउने

कतारमा आयोजना हुने फिफा विश्वकप प्रतियोगिताको दर्शकले एक महिना निशुल्क यात्रा गर्न पाउने भएका छन् ।
सार्वजनिक सवारीमा निशुल्क यात्राको लागि दर्शकले आफ्नो मोबाइलमा हय्या कार्ड देखाए मात्र पुग्नेछ ।
हय्या कार्ड विश्वकप खेल हेर्न अनिवार्य चाहिनेछ । टिकट खरिद गरिसकेका व्यक्तिले हय्या एप मार्फत कार्ड बनाउनुपर्नेछ ।
टिकट हुने दर्शकले दोहा मेट्राे, ट्राम,टुर्नामेन्ट बस,सार्वजनिक बस नोभेम्बर २१ देखि डिसेम्बर २३ सम्म प्रयोग गर्न पाउनेछन् ।
<span;>कतारले यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म विश्वकपको आयोजना गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
10
मनपर्यो
1
खुसी लाग्यो
1
दुःख लाग्यो
1
रुन मन लाग्यो
1
हाँसो लाग्यो
1
रीस उठ्यो