कतार विश्वकपमा रोबर्ट लाइन्सम्यान ?
कतारमा यसै वर्ष आयोजना हुने विश्वकपमा सहायक रेफ्रीको रुपमा रोबर्टलाई पहिलोपटक लाइन्सम्यान राख्ने योजनालाई फिफाले अन्तिम रुप दिएको छ ।
अफसाइड पोजिसन पत्ता लगाउन १० क्यामेराको सहयोगले खेलाडीको २९ वटा शरिरको भाग ट्रयाक गर्न सक्ने रोबर्टको प्रयोग यसअघि कतारमै आयोजना भएको फिफा अरब कपमा चार रंगशालामा यसको सफल प्रयोग भैसकेको छ । युएईमा गत फेब्रुअरीमा आयोजना भएको क्लब विश्वकपमा पनि यो रोबर्टको प्रयोग गरिएको थियो ।
कतार विश्वकपमै पहिलोपटक इतिहासमा चार महिला रेफ्री राख्ने घोषणा पनि भैसकेको छ ।
अहिले चल्तीमा रहेको भिएआर प्रणाली भन्दा छिटो अफसाईड पत्ता लगाउन सक्ने रोबर्ट टेक्नोलोजीको नियम पारित गर्न अन्तर्राष्ट्रिय एफए बैठकमा सकारात्मक छलफल भएको छ ।
फिफाले ट्रायलबाट प्राप्त तथ्याङ्कको पूर्ण विश्लेषणपछि मात्र अन्तिम निर्णय लिने बताएको छ ।