बिज्ञापन

टर्च टावरले गिनिज बुकमा नाम लेखायो

टर्च टावरले विश्वकै सबैभन्दा ठूलो बाह्य ३६० डिग्री स्क्रिनको लागि गिनिज बुक अफ रेकर्डमा नाम दर्ता गराएको छ ।

एस्पायर जोन फाउन्डेशनले यसअघि गत जुन ६ मा तय भएको कार्यक्रम मौसमको प्रतिकुलका कारणले हिजो मात्र आधिकारिक रूपमा स्क्रिन लन्च गरेको छ।

फाउन्डेसनका सीईओ मोहम्मद खलिफा अल सुवैदीले हिजो एक समारोहमा गिनिज वर्ल्ड अफ रेकर्ड्सबाट सबैभन्दा ठूलो पानोरामिक स्क्रिनको प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा एक भिडियो मार्फत फिफा विश्वकप कतार २०२२ को एन्थेम संगै चर्चित फुटबल खेलाडी लियो मेस्सी, नेयमार र पूर्व फुटबलर डेभिड बेकह्यामलाई पनि देखाइएको थियो ।  त्यसपछि कार्यक्रमको समापनमा आतिशबाजी प्रदर्शन र लेजर शो गरिएको थियो।

गिनिज वल्र्ड रेकर्डको वेबसाइटका अनुसार उक्त ३६० डिग्रीको स्क्रिन ११,३४५ वर्ग मिटरको छ ।

एस्पायर टावर पनि भनेर चिनिने टर्च टावरको उचाई २९८ मिटर रहेको छ । सन् २००६ मा १५औँ एसियाली खेलकुदको अवधिभर ठूलो द्विप प्रज्वलन जस्तो देख्ने गरी यसलाई बनाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button