जुलाई ९ तारिक इद पर्ने सम्भावना
यो वर्षको इद अल अधा (बक्र इद) आउन दुई हप्ता मात्रै बाँकी रहँदा खोगोलबिदहरु यसको अनुमान गर्न अघि सरिसकेका छन्।
सारजाहका खगोलबिद मोहम्मद शव्कत ओदेको हिसाब अनुसार जुलाई ९ तारिक शनिबार इद अल अधाको पहिलो दिन रहनेछ । त्यस्तै कुवेतका खगोलबिद अदेल अल सादोउनले पनि इद ९ तारिक पर्ने नै बताएका छन् ।
इस्लामिक लुनार क्यालेण्डरको अनुसार धु अल हिज्जा महिनाको नवौं दिनमा अरफत र दसौं दिनमा इद अल अधा पर्दछ ।धु अल हिज्जाको पहिलो दिन जुन ३० तारिक बिहीबार रहनेछ ।
यद्यपि चन्द्रमा नहेरी इदको टुंगो लाग्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो