विश्वकप प्रतियोगिताको लागि १० लाख बढी टिकट बिक्री भयो

कतारमा आयोजना हुने फिफा विश्वकपको १० लाख बढी टिकट बिक्री भएको छ ।

अप्रिल ३१ सम्म चलेको दोस्रो टिकट बिक्री चरणमा २३ लाख बढीको आवेदन परेको थियो । सबैभन्दा बढी टिकट खरिद गर्नेहरुमा फ्रान्स,अर्जेन्टिना ,ब्राजिल ,बेलायत,मेक्सिको ,कतार,साउदी अरेबिया  र अमेरिकी दर्शक भएको फिफाले बताएको छ ।

कतार इकोनोमिक फोरममा बोल्दै सुप्रिम डेलिभरी एन्ड लिगेसीका महासचिव हस्सन अल थवाडीले विश्वकपका लागि १० लाख २० हजार बढी टिकट बिक्री भैसकेको बताएका छन् । कार्यक्रममा बोल्दै थवाडीले विश्वकपको बेला दर्शकले कोठा नपाउने हल्लाको खण्डन पनि गरेका छन् । दर्शकका लागि प्रति रात ८० अमेरिकी डलर देखि माथिको होटेल तयार रहेको उनले बताएका छन् ।

यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button