इजिप्टमा अमिरलाई भब्य स्वागत

अमिर शेख तमिम बिन हमाद अल थानीलाई आज इजिप्टको कायरोस्थित अल इतिहादिया दरबारमा भब्य स्वागत गरिएको छ ।
औपचारिक स्वागत समारोहमा अमिरलाई इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले स्वागत गरेका थिए। कतारी र इजिप्टको राष्ट्रिय गान बजाएर समारोह सुरु गरिएको थियो । अमिरलाई त्यहाँ गार्ड अफ अनर पनि दिइएको थियो ।
कतारमाथिको नाकाबन्दी पश्चात अमिरको यो पहिलो इजिप्ट भ्रमण रहेको छ । अमिरलाई इजिप्ट भ्रमणको निम्तो गत वर्षको अल उला सम्झौतामा नै आएको थियो। त्यसपछि अमिर रवान्डा भ्रमणमा जाने कार्यक्रम रहेको छ ।