कतारमा तापक्रम ४९ डिग्री पुग्यो

कतारमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेको छ ।
मौसम विभागको अनुसार हिजो सुदानथिलेमा तापक्रम ४९ डिग्री मापन गरिएको हो । त्यस्तै तुर्याना ,मिसाईद ,मुकेनिस,मिसैमिर र कतार युनिभर्सिटीमा तापक्रम ४८ डिग्री पुगेको छ ।
विभागले आज मौसम गर्मीका साथै धुलो सहितको कडा हावाहुरी रहने बताएको छ ।
गर्मीबाट हुने बिरामीबाट बच्न धेरै पानी पिउन,हलुका लुगा लगाउन ,कामको समयमा बेला बेलामा शितलमा आराम गर्न र बालबालिकालाई सवारी भित्र छोडेर नहिड्न विभागले सबैलाई आग्रह गरेको छ ।