तातो हावाको सिजन सुरु

कतारमा विषालु वायुको सिजन सुरु भएको छ । वर्षेनी आउने यो सिजन आजबाट जुलाई २९ सम्म चल्ने कतार क्यालेन्डर हाउसले बताएको छ ।
अरब प्रायद्वीपको अधिकांश भागलाई असर गर्ने यस वायुलाई स्थानीय भाषामा ‘सिमुम’ भनिन्छ । यो धेरै तातो र सुख्खा हावा हो जुन सामान्यतया बढ्दो तापक्रमको साथमा हुन्छ र यसलाईअरब क्षेत्रमा बहने सबैभन्दा प्रसिद्ध मनसुनी हावा मानिन्छ ।
यसले बोटबिरुवा र मानिसमा हानिकारक प्रभाव गर्छ । यसको चरम अवस्थाले दृश्यतामा कठिनाई हुने र मानिसमा गर्मीको कारण सनस्ट्रोक समेत निम्त्याउन सक्छ।