अमिर साउदी अरेबिया भ्रमणमा

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी औपचारिक भ्रमणका लागि साउदी अरेबिया पुग्नुभएको छ ।
साउदी अरेबियाको निमन्त्रणामा आयोजना हुन लागेको जेद्दाह सुरक्षा तथा विकास सम्मेलनमा भाग लिन अमिर त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलनमा जिसिसी राष्ट्र संगै इराक,एजिप्ट र जोर्डनका प्रमुखहरुको उपस्थिति रहनेछ । अमिरलाई स्वागत गर्न राजकुमार मोहम्मद सलमान विमानस्थल पुग्नुभएको थियो ।
सम्मेलनमा जिसिसी राष्ट्रका प्रमुखहरुले त्यहाँ अमेरिकी राष्ट्रपति जो बाईडेन संग विश्वव्यापी पूर्वाधार लगानीमा जिसिसीको साझेदारी लगायत अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ।