तापक्रम ५० डिग्री सम्म पुग्ने

कतारमा आगामी केही हप्ता निकै गर्मी हुनेछ । गर्मी बढाउने ३९ दिने लामो ‘जामरात अल कायद’ को सिजन आज देखि सुरु भएको कतार क्यालेन्डर हाउसले बताएको छ ।
हाउसका अनुसार यस अवधिमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्नेछ ।
यो अवधिभर उच्च आर्द्रताका कारण विशेष गरी तटीय क्षेत्रमा रातको समयमा पनि गर्मी बढी रहने गर्दछ ।।
अरबिक क्यालेन्डर अनुसार यो अवधि सेप्टेम्बर महिनामा ‘सुहेल’ ताराको उदयसँगै समाप्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो