राजदूत ढकालले ओहोदाको प्रमाणपत्र बुझाए

कतारका लागि नवनियुक्त नेपाली राजदूत डाक्टर नरेशबिक्रम ढकालले परराष्ट्र राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ ।
नेपाली दूतावासको विज्ञप्ति अनुसार ओहोदा प्रमाणपत्रको प्रतिलिपी ग्रहण गर्दै परराष्ट्रमन्त्री मुरैखीले सफल कार्यकालको शुभकामना दिँदै दुई देशबीचको सम्बन्धको विकास र नागरिकको हितमा सदैव आफू र आफ्ना मन्त्रालयले समन्वय गर्ने बताउनुभएको छ ।
गत महिना कतारका लागि राजदूत नियुक्ति भएका ढकालले जुलाई ७ देखि कार्यभार सम्हाल्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो