ढल बोक्ने ट्यांकरले अगस्ट १ भित्र जिपिएस जडान गरिसक्नुपर्ने

ढल बोक्ने ट्यांकरले अगस्ट १ तारिक भित्र सवारीमा जिपिएस जडान गरिसक्नुपर्ने सार्वजनिक निर्माण प्राधिकरण (अस्घाल) ले बताएको छ ।

सो सम्बन्धमा प्राधिकरणले गएको मार्च १ मा पहिलोपटक सूचना जारी गरेको थियो । अगस्ट १ देखि जिपिएस जडान नभएको ट्यांकरले ढल प्रशोधन केन्द्रमा प्रवेश नपाउने प्राधिकरणले बताएको छ ।

ट्याङ्करको अनुगमन,ट्राफिक व्यवस्थापन र निषेधित क्षेत्रमा ढल नफाल्न सुनिश्चित गर्न प्राधिकरणले यो नियम अघि ल्याएको हो ।

जिपिएस कसरी जडान गर्ने ?

१. हालसम्म जिपिएस जडान नगरेका ट्यांकरले सल्वा रोडस्थित अस्घालको ग्राहक सेवा केन्द्रमा जानुपर्नेछ ।

२. त्यहाँ पुगेपछि केन्द्रले सिम प्रदान गर्नेछ र आफ्नो पूरा विवरण सहितको फारम भरेर avltankersupport@ashghal.gov.qa मा इमेल गर्नुपर्नेछ ।

३. केन्द्रमा इमेल प्राप्त भएपछि सोही अनुसार जिपिएस जडान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button