बिज्ञापन

साउदी अरबका लागि नव नियुक्त राजदूत सुवेदीले ओहोदाको प्रमाणपत्र बुझाए

साउदी अरबका लागि नव नियुक्त नेपाली राजदूत महामहिम श्री नवराज सुवेदीले हिजो साउदी विदेश मन्त्रालयका शिष्टाचार मामिलासम्बन्धी उप-मन्त्री मुबस्दर खालिद फैसल अल-साहलीसँग शिष्टाचार भेटगरी आफ्नो ओहोदाको प्रमाणपत्रको छायाँप्रति बुझाउनु भएको छ ।  साउदी प्रचलन अनुसार विदेश मन्त्री महामहिम राजकुमार फैसल बिन फरहान अल साउद को तर्फबाट शिष्टाचार मामिलासम्बन्धी उप-मन्त्री राजदूत खालिद फैसलले महामहिम श्री नवराज सुवेदीको ओहोदाको प्रमाणपत्रको छायाँप्रति बुझाएका हुन् ।  सो अवसरमा महामहिम राजदूत श्री सुवेदी र उप-मन्त्री राजदूत खालिद फैसल बीच नेपाल र साउदी अरबबीच रहिआएको सुमधुर सम्बन्धका विविध पक्षहरूका सम्बन्धमा कुराकानी पनि भएको थियो ।

नव नियुक्त राजदूत महामहिम नवराज सुवेदीले  मंगलवार, अगस्त ९ तारिख २०२२ मा देखि आफ्नो पदभार सम्हाल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button