भोलि देखि मास्क लगाउनुपर्ने नियम हट्ने

कतारमा कोभिड-१९ रोकथामका लागि अपनाउनुपर्ने सुरक्षाको नियम अन्तर्गत सार्वजनिक स्थानमा मास्क लगाउनुपर्ने नियम हटेकाे छ ।
प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीको नेतृत्वमा आज बसेको मन्त्रीपरिषदको बैठकद्वारा बन्द सार्वजनिक स्थानमा मास्क लगाउनुपर्ने नियम हटाइएको छ ।
नियम सेप्टेम्बर १ देखि लागू हुनेछ ।
यद्यपि सार्वजनिक सवारी र अस्पतालमा मास्क अझै अनिवार्य गरिएको छ । त्यस्तै मल,पसल,रेस्टुरेन्ट जस्ता बन्द सार्वजनिक स्थानमा काम गर्ने कामदारले पनि मास्क अनिवार्य लगाउनुपर्ने छ । मोबाइलमा एह्तेराज एपको प्रयोग गर्नुपर्ने नियम पनि यथावत छ ।