विश्वकपको बेला तोकिएको स्थानमा मदिरा पिउन पाउने

कतारले यसै वर्ष आयोजना गर्ने फिफा विश्वकप प्रतियोगिता अवधिभर मदिरा प्रतिबन्ध हटाउने भएको छ ।

बिबिसीसंग कुरागर्दै सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीका प्रमुख नास्सर अल खातेरले मदिरा सम्बन्धमा ठाेस निर्णय आउन बाँकि रहेको तर रंगशाला वरपरको स्थानमा किनबेच गर्न दिइने बताएका छन् । “तर यसको मतलब तोकिएका बाहेक अन्य सार्वजनिक स्थानमा मदिरा पिउन पाईने भन्ने होइन” उनले बताएका छन् ।

कतारले आज दोहास्थित अल बिद्दा पार्कमा ४० हजार क्षमता भएको फ्यान जोन क्षेत्रको घोषणा पनि गरेको छ । त्यहाँ मदिरा खरिद गर्न सकिनेछ ।

खातेरको अनुसार दर्शकले रंगशाला वरिपरिको स्थानमा खेल सुरु हुनुभन्दा अगाडि र खेल सकिएपछि मदिरा खरिद गर्न पाउनेछन् । रंगशाला भित्र मदिरा लान बन्देज गरिनेछ र भित्र मदिरा बाहेक अन्य पिय पदार्थ मात्र किनेबेचका लागि अनुमति दिइनेछ ।

कतार लगायत ईस्लामिक राष्ट्रहरुमा खुलेआम मदिरा पिउन प्रतिबन्ध छ । कतारले यसअघि देखि नै निश्चित होटेल तथा बारमा मदिराको किनबेच गर्न छुट दिँदै आएको छ । सन् २०१९ मा कतारले आयोजना गरेको क्लब विश्वकपको समयमा पनि विभिन्न स्थानमा राखिएको फ्यान जोन क्षेत्रमा मदिरा पिउन छुट दिइएको थियो ।

कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म फिफा विश्वकप २०२२ प्रतियोगिता आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
220
मनपर्‍यो
खुसी लाग्यो
301
खुसी लाग्यो
दुःख लाग्यो
24
दुःख लाग्यो
रुन मन लाग्यो
20
रुन मन लाग्यो
हाँसो लाग्यो
30
हाँसो लाग्यो
रीस उठ्यो
39
रीस उठ्यो
Back to top button