जिसिसी राष्ट्रको लाइसेन्स भएका व्यक्तिले सिधै ट्रायल दिन पाउने

जिसिसी राष्ट्रको लाइसेन्स भएका व्यक्तिले कतारमा लाइसेन्स निकाल्न सिधै ट्रायल दिन पाउने भएको छ ।
कतार टेलिभिजनको एक कार्यक्रममा बोल्दै ट्राफिक विभागका लेफ्टिनेन्ट मोहम्मद अल अम्रिले जिसिसी देशका सवारी चालक अनुमतिपत्र भएका आप्रवासी व्यक्तिले कतारमा लाइसेन्स निकाल्न ड्राइभिङ क्लास लिन नपर्ने बताएका छन् ।
लेफ्टिनेन्ट अम्रिको अनुसार जिसिसी राष्ट्रका नागरिकले कतारमा तुरुन्तै लाइसेन्स निकाल्न पाउनेछन् ।
त्यस्तै जिसिसी देशको लाइसेन्स भएका पर्यटकले कतारमा तीन महिनासम्म सवारी चलाउन पाउनेछन् । त्यस्ता चालकले कतार भित्रिएको मितिको प्रमाण देखाउन पासपोर्ट वा ईन्ट्री भिसाको विवरण साथमै लिएर हिड्नुपर्नेछ।