अल बिद्दा पार्क बन्द गरियो

कर्नेश पछि नेपालीहरुको जमघट हुने अर्को प्रमुख गन्तव्य अल बिद्दा पार्क बन्द भएको छ ।
कतारमा विश्वकप आयोजनाको जिम्मा लिएको सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले अल बिद्दा पार्कको वादी अल सेल क्षेत्र बन्द भएको बताएको हो।
प्रतियोगिताको समयमा पार्कमा आयोजना गरिने फिफा फ्यान फेस्टिभलको आवश्यक तयारी पूरा गर्न पार्क दुई महिनाका लागि बन्द भएको हो ।
विश्वकपको बेला अल बिद्दा पार्कमा हरेक दिन ४० हजार दर्शक उपशुने अनुमान गरिएको छ । पार्कमा प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण गरिनुका साथै संस्कृतिक कार्यक्रम , फुड आउटलेट र अन्य मनोरञ्जनका गतिविधि समावेश हुनेछन् ।