फिफा विश्वकप २०२२ : अन्तिम चरणको टिकट बिक्रि आज खुल्ने

कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकपको लागि अन्तिम चरणको टिकट बिक्रि आज बाट सुरु हुँदैछ ।
दिउँसो १२ बजे देखि सुरु हुने टिकट बिक्रिमा चार प्रकारको टिकट खरिद गर्न सकिने फिफाले बताएको छ । टिकट बिक्रि प्रतियोगिता अवधिभर खुला रहनेछ ।
कतारको स्थानीय बासिन्दाको लागि क्याटागाेरी ४ को टिकट छुट्टाइएको छ । टिकट दर ४० देखि ५,८५० रियाल सम्म तोकिएको छ।
टिकट फिफाको वेबसाईट www.fifa.com/tickets बाट खरिद गर्न सकिनेछ । टिकटको अत्याधिक माग भएका कारण ४ देखि ५ घन्टा सम्म लाइनमा कुर्नुपर्ने हुनसक्नेछ ।