मध्य दोहा भित्र सामान्य सवारी साधनलाई रोक लगाइने
मध्य दोहा भित्र सामान्य सवारी साधनलाई शुक्रबार बेलुका प्रवेशमा रोक लगाइने भएको छ ।
कर्नेश सडक योजना समितिले मध्य दोहामा ट्राफिक चाप कम गर्न सवारी प्लेट व्यवस्थापनको योजना कार्यान्वयनमा ल्याउने बताएको छ ।
सेप्टेम्बर ३० देखि हरेक शुक्रबार दिउँसो ३ बजे बाट राति १० बजेसम्म सामान्य यातायात र कालो नम्बर प्लेट भएका सवारी साधनलाई मध्य दोहा भित्र प्रवेश नदिइने समितिले जनाएको छ ।
योजना अन्तर्गत उत्तर तर्फको अल खफ्जी स्ट्रिट ,सि रिङ्ग रोडको पश्चिम र दक्षिण र पुर्व तर्फको कर्नेश रोडमा यो नियम लागू हुनेछ ।
नोभेम्बर १ देखि विश्वकपको अवधिभर यो नियम हरेक दिन दिउँसो ३ देखि राती १० बजे सम्म लागू हुनेछ ।
आफ्नै नामको निजि सवारी ,कर्वा बस र ट्याक्सी ,मेट्राे बस र अन्य आपतकालीन साधनमा यो नियम लागू नहुने समितिले बताएको छ । नियम उल्लंघन गर्ने सवारी धनीलाई धारा ४९ को बमोजिम जरिवाना हुने समितिले भनेको छ ।
<span;>विश्वकपको समयमा दोहा वरपर सवारी व्यवस्थापन गर्न यो नियम अघि ल्याईएको हो । यसै महिनाको सरुवातमा भएको लुसेल कप प्रतियोगिताको बेला यो नियमको सफल परिक्षण गरिएको थियो ।