कतारले नयाँ ‘तमिम हवाई अड्डा’ बनाउने

क्युएनए
कतारले ‘तमिम एयर बेस’ नामाकरण गरिएको नयाँ हवाई अड्डा बनाउने भएको छ । अमिरी एयर बेसका उपसेनापती मेजर जनरल अहमद इब्राहीम अल मल्कीले अतालय म्यागजिनको अन्तर्वार्तामा हवाई अड्डा बनाउने घोषणा गरेका हुन्।
अन्तर्वार्तामा जनरल मल्कीले अल उदेइद हवाई अड्डा बढाइने र नयाँ हवाई सामग्री तथा यन्त्र स्वागत गर्न दोहा हवाई अड्डाको थप विकास गर्ने बताएका छन्। जसमा फ्रान्सेली राफेल लडाकु विमान, अमेरिकी एफ – १५ लडाकु विमान , युरो फाईटर टाईफुन लगायत अन्य अत्याधुनिक विमान हुनेछन्। त्यस्तै अड्डामा सूचना, निर्देशन तथा नियन्त्रण प्रणालीको लागि आधुनिक राडार जडान गरिनेछ।
सन् २०१४ यता विभिन्न अन्तराष्ट्रिय सम्झौता सँगै कतारी अमिरी फोर्समा व्यापक विकास भएको देखिन्छ। गत वर्षको डिसेम्बरमा कतारले बेलायत बाट २४ वटा युरो फाइटर टाईफुन खरिद गर्ने सम्झौता गरेको थियो। त्यस्तै अमेरिका सँग ३६ वटा एफ-१५ क्युए फाइटर र फ्रान्स सँग १२ वटा लडाकु विमान किन्ने सम्झौता गरेको थियो।