लियोनल मेस्सी : यो मेरो अन्तिम विश्वकप हुनेछ
लियोनल मेस्सीले कतारमा हुने विश्वकप आफ्नो करियरको अन्तिम हुने बताएका छन् ।
स्टार प्लसको एक अन्तर्वार्तामा मेस्सिले उनको यो अन्तिम विश्वकप हुने पहिलो पटक सार्वजनिक रुपमा बताएका छन् । तर राष्ट्रिय टिमबाट सन्यास लिने वा नलिने भन्ने बारे उनले खुलाएनन् ।
अर्जेन्टिनाबाट लियोनल मेस्सीले २००६ को जर्मनी विश्वकपमा डेब्यु गरेका थिए । मेस्सी यो शताब्दीका स्टार खेलाडी पनि हुन् ।
मेस्सीको सहभागी भएको टिम अर्जेन्टिनाले अहिलेसम्म विश्वकप जित्न सकेको छैन। २०१४ विश्वकपको फाइनलमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिना उपविजेता बनेको थियो ।
मेस्सीले २०२१ मा कोपा अमेरिका भने जिताएका थिए ।
अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो। टोलीले प्रतियोगितामा आफ्नो पहिलो खेल नोभेम्बर २२ मा साउदी अरेबियाविरुद्ध खेल्नेछ । अर्जेन्टिनासंगै समूह सी मा मेक्सिको र पोल्याण्ड समावेश छ ।