"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

भोलिदेखि वर्षायाम सुरु हुने

भोलि अक्टोबर १६ देखि कतारमा वर्षायाम सुरु हुने मौसम विभागले बताएको छ । स्थानिय भाषामा अल वास्मी भनेर चिनिने यस सिजनको अवधि ५२ दिन सम्म रहने विभागले जनाएको छ ।

वर्षाका कारण हेलियन्थहेम र गेरेनियम जस्ता स्थानीय बोटबिरुवा उम्रन मद्दत पुग्ने हुँदा यस सिजनलाई अल वास्मी भन्ने गरिएको विभागले ट्विट मार्फत जानकारी दिएको छ । यस अवधिमा बादल पश्चिमबाट पूर्वतिर सर्ने र वर्षाको राम्रो संकेत पनि देखिने गर्दछ ।

पछिल्लो मौसम रेकर्डको अनुसार दोहामा अधिकतम तापक्रम बिस्तारै घट्दै ३५ डिग्री सेल्सियस भन्दा कम पुग्न सक्ने छ । त्यस्तै न्यूनतम तापक्रम २० डिग्री सम्म झर्न सक्नेछ । दिनको समयमा तापक्रम सामान्य र रातको समयमा पश्चिमी वायुको कारण चिसो हुनेछ ।

मौसम परिवर्तन संगै फ्लू र सामान्य रूपमा हुने अन्य मौसमी रोगहरू विरूद्ध सतर्क रहन, फ्लूको खोप लिन, नियमित रूपमा हात धुन र बिरामी व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कबाट टाढा रहन विभाग सबैमा आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
66
मनपर्‍यो
खुसी लाग्यो
153
खुसी लाग्यो
दुःख लाग्यो
42
दुःख लाग्यो
रुन मन लाग्यो
8
रुन मन लाग्यो
हाँसो लाग्यो
13
हाँसो लाग्यो
रीस उठ्यो
22
रीस उठ्यो
बिज्ञापन
Back to top button