कतारले सबैभन्दा ठुलो सोलार पावर प्लान्टको उद्घाटन गर्यो
कतारमा सबैभन्दा ठुलो सोलार पावर प्लान्टको उद्घाटन गरिएको छ ।
अल-खरसाहमा आज आयोजित विशेष समारोहमा अमिर शेख तमिम बिन हमाद अल थानीबाट उद्घाटन गरिएको प्लान्ट १० वर्ग किलोमिटर क्षेत्रफल अर्थात लगभग १,४०० फुटबल मैदान बराबरमा फैलिएको छ ।
प्लान्टमा १८ लाख सोलार प्यानल जडान गरिएको छ र यसको कुल क्षमता ८०० मेगावाट रहेको छ । अधिकतम मागको बेला यसले राष्ट्रिय ग्रिडमा १० प्रतिशत बिजुली उपलब्ध गराउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
47
मनपर्यो
183
खुसी लाग्यो
14
दुःख लाग्यो
14
रुन मन लाग्यो
10
हाँसो लाग्यो
52
रीस उठ्यो